काठमाडौंमा सोमबारदेखि विद्यार्थीलाई कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । महानगरपालिकाले सोमबारदेखि विद्यार्थीलाई कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउन सुरु गरेको छ ।खोपका लागि महानगरपालिकाको ३२ वटै वडाको विद्यालयमा खोप केन्द्र तोकिएको छ । १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा दोश्रो डोज लगाउन सक्नेछन् ।

शनिवारबाहेक अरु सबै दिन बिहान १० बजेदेखि दिउँसोको ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । खोप अभियान आउँदो फागुन ५ गतेसम्म चल्ने महानगरले जनाएको छ । महानगरले सबै वडा कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी खोप लगाउन निर्देशन समेत दिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्