पत्रकार दवाडीद्वारा रु ५० हजारको अक्षयकोष स्थापना

Ad
  • कालोपाटी सम्बाददाता

झापा । झापा शिवसताक्षीका पुराना पत्रकार छविलाल दवाडीले सताक्षी प्रेस क्लबमा रु ५० हजारको अक्षयकोष स्थापना गरेका छन् । सो क्लबका संस्थापक अध्यक्ष तथा सतासी साप्ताहिक खबरपत्रिकाका सह–सम्पादकसमेत रहेका दवाडीले आफ्नो दिवङ्गत श्रीमती यन्तिदेवीको स्मृतिमा क्लबमा रु ५० हजारको अक्षयकोष स्थापना गरेका हुन् ।

उनले दिवङ्गत श्रीमतीको वार्षिकीका अवसर पारेर आज क्लबका अध्यक्ष सेलिङ केसीलाई अक्षयकोषको चेक हस्तान्तरण गरे । दवाडीले पत्रकारिता तथा साहित्य क्षेत्रमा उत्कृष्ट कलम चलाउने पत्रकार र साहित्यकारलाई थप प्रोत्साहन दिन क्लबमा अक्षयकोष स्थापना गरेको बताए । क्लबमा यसअघि मनाहाङ सेलिङ स्मृति अक्षयकोष रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्