स्थायी विकल्प बिनाको उठिवास सदाका लागि बन्द गर्न भन्दै सुकुम्वासी मोर्चाद्दारा बिरोध र्याली

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सरकारले वागमती नदी किनारामा अनधिकृत रूपमा निर्माण गरिएका बस्तीलाई विकल्पसहित स्थानान्तरण गर्ने तयारी गरेपछि विरोध सुरु भएको छ ।

सोमबार संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालले काठमाडौंको माइतिघरबाट बबरमहलसम्म बसोबासका आधारमा लालपूर्जा बितरण तथा स्थायी किल्प बिनाको उठिवास सदाका लागि बन्द गर्न भन्दै ध्यानाकर्षण स्वरुप बिरोध र्याली निकालेका हुन् ।

र्यालीमा सहभागीहरुले बसोबासका आधारमा लालपूर्जा देउ, उपत्यका पनि आयोग गठन गर, सुकुम्वासी एकता जिन्दावाद लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । एक साताभित्र नै नदी किनारा अतिक्रमण गरेर निर्माण गरेर बनाइएको संरचना हटाइने तयारी सरकारको छ । पहिलो चरणमा थापाथली र शान्तिनगरको अस्थायी बस्ती हटाएपछि नदी किनारामा निर्माण गरिएका अवैध बस्तीलाई पनि हटाउने कार्यलाई अभियानकै रूपमा अगाडि बढाइने योजना सरकारको छ ।

२०६८ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले डोजर चलाएर थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाएको भए तापनि विकल्प नदिँदा सुकुम्बासीहरू फेरि थापाथलीमै अस्थायी संरचना बनाएर बस्दै आएका छन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले जोखिमयुक्त भएको ठाउँको बस्ती हटाउन तयार रहेको भन्दै त्यसका लागि भूमिसहितको विकल्प चाहिने जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्