ओमान जाने नेपाली क्रिकेट टोलीको भर्चुअल माध्यमद्धारा बिदाई

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरीएको छ । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा सहभागिता जनाउन ओमान जान लागेको नेपाली टोलीलाई बिदाई गरीएको हो ।
मंगलबार भर्चुअल माध्यमद्धारा आयोजित बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले खेलाडीहरुलाई बिदाई गरेका हुन् । कोरोना संक्रमण जोखिमका कारण नेपाल क्रिकेट संघ (क्यान) ले भर्चुअल माधयमद्धारा मंगलबार बिहान बिदाई कार्यक्रम आयोजना गरेको हो । विश्वकपमा छनोटकालागि हुने खेलकालागि नेपाली टोली मंगलबार राति ८ः३० बजे ओमान प्रस्थान गर्ने तालिका रहेको छ ।

ग्लोबल छनोटकालागि नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी बिच खेल हुने भएको छ । फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुने छनौट खेल अन्तर्गत समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् भने समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् । छनोट अघि नेपालले ओमानमा चारदेशीय टी–२० सिरिज खेल्ने तालिका समेत रहेको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले जनकारी दिए । सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन् ।

खेलाडीहरुलाई बिदाई गर्दै मन्त्री अथकले विश्वकपकालागि ग्लोबल छनोट भएर आउन शुभकामना दिए । नेपाली क्रिकेट क्षेत्रले छोटो समयमै उल्लेख्य प्रगती गरेको भन्दै मन्त्री अथकले यस पटक विश्वकपकालागि नेपाली टोली छनौट हुनेमा आफु विश्वस्त रहेको बताए । नेपाली विरता सम्झीएर खेल्न समेत मन्त्री अथकले खेलाडीहरुलाई आग्रह गरेका छन् । राज्यले खेल पुर्वाधार निर्माणकालागि उल्लेख्य प्रयास गर्दै आएको तर्फ ईगित गर्दै मन्त्री अथकले केही ठुला पुर्वाधारहरु निर्माणधिन अवस्थामा

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्