जाल्पा सामुदायिकको आईपीओमा ६८ गुणा बढी आवेदन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओमा अहिलसम्मकै सर्वाधिक आवेदन परेको छ । आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आवेदन दिने अन्तिम दिनसम्म ६७।८६ गुणाले ओभर सब्सक्राइब भएको हो ।

मंगलबार अपरान्ह ५ बजेसम्म २७ लाख ०६ हजार ७ सय ६७ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ३ करोड ३१ लाख १३ हजार ३ सय कित्ता सेयरका लागि ३ अर्ब ३१ करोड १३ लाख ३० हजार रकमको आवेदन परेको छ ।
निष्कासन गरिएको ५ लाख २२ हजार साधारण कित्तामध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ०।५ प्रतिशत छुट्याई बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरिएको थियो । आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम ५ हजार २ सय २० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्