एमाले सिन्धुपाल्चोकको अध्यक्षमा नेपाल चयन

Ad
  • कालोपाटी सम्बाददाता

सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा कमल नेपाल सर्वसम्मत चयन भएका छन् । नवौ ँजिल्ला अधिवेशनको उद्घाटनसत्र सम्पन्न भएको एक महिनापछि उहाँ सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

जिल्ला कमिटीका उपाध्यक्षमा उमा प्रधान, सचिवमा रामचन्द्र बस्नेत तथा उपसचिवमा सुशीला पाख्रिन र चिरन तामाङ चयन भएका छन् । यस्तै जिल्ला कमिटी सदस्य पनि सर्वसम्मत चयन गरिएको अध्यक्ष मण्डलका सदस्य सरेश नेपालले जानकारी दिए । सदस्यको पनि टुङ्गो लागेको नेपालले बताए ।

गत पुस २३ गते यहाँस्थित बाह्रबिसेमा नवौँ जिल्ला अधिवेशनको उद्घाटन भएको थियो । यसपछि विभिन्न कारण नेतृत्व चयन हुनसकेको थिएन । अध्यक्ष पदका लागि नेपालसहित केदार क्षेत्री, बालकृष्ण देउजा, होमनारायण श्रेष्ठ र डोल्मा तामाङले उम्मेदवारी दिएका थिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्