मोटरसाइकल दुर्घटनामा इञ्जीनियरको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

पाल्पा । रम्भा गाउँपालिका–२ सुरुडाँडामा मोटरसाइकल दुर्घटनामा इञ्जीनियर पदमा कार्यरत कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुने पूर्वी रुकुमको भूमे गापा–४ घर भई हाल रम्भा गाउँपालिका बस्दै आएका २३ वर्षीय रविन दमै छिनाल रहेको प्रहरीले जनाएको छ । रम्भा–१ हुँगीबाट तानहुँ तर्फ आउने क्रममा लु६७प ४७८७ नंको मोटरसाइकल अनियन्त्रित भई सुरुडाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । मोटरसाइकल २०० मिटर तल खस्दा छिनालको मृत्यु भएको थियो ।

त्यसैगरी रैनादेवी छहरा गाउँपालिका–२ आरीगैरामा लडेर पुरुषको मृत्यु भएको छ । मृत्यु हुने रैनादेवी छहरा–२ दिगका ५८ वर्षीय नरबहादुर राना रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सडकबाट २५० मिटर तल मृतावस्थामा रानाको शव भेटिएको थियो । रैनादेवीको तासिन्गलबाट सर्देवातर्फ जाने क्रममा दुर्घटनामा परेको स्थानीय बासिन्दाले बताएका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्