धोबीखोला करिडोरमा सडक ओगटेर निर्माण समाग्री नराख्न प्राधिकरणको अनुरोध

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । उपत्यका विकास प्राधिकरणले धोबीखोला करिडोरमा सडक ओगटेर निर्माण समाग्री नराख्न अनुरोध गरेको छ ।

शुक्रबार धोबीखोला करिडोरको अनुगमन गर्दै प्राधिकरणले यसअघि दिएको निर्देशन अनुसार सडक ओगटेर निर्माण समाग्री नराख्न अनुरोध गरेको हो । धोबीखोला करिडोरमा सडक ओगटेर सामान राखे जफत गर्ने र आवश्यक कारवाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ । प्राधिकरणका बिकास आयुक्त जानुका ढकालले धोबीखोला करिडोरमा निर्माण समाग्री राख्दा आवतजावतमा समस्या भएकाले निर्माण समाग्री नराख्न अनुरोध गरिएको बताए । त्यस्तै धोबीखोला करिडोरमा जथाभावी फोहर फाल्ने गर्दा समस्या भएकाले यसको समाधानको उपाए खोजिने उले बताए ।

यसअघि शहरी बिकास मन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोरको स्थलगत अनुगमन गर्दै नियमित अनुगमन गरि सडक र फुथपातलाइ खाली गर्ने बताएका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्