‘एमसीसी नेपालको पहलमा छनोट भएर आएको परियोजना हो’ :प्रवक्ता महत

Ad
  • कालोपाटी सम्बाददाता

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले एमसीसी नेपालको पहलमा छनोट भएर आएको परियोजना भएको बताएका छन् ।नेपाल प्रेस युनियनले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा उहाले एमसीसी नेपालको पहलमा छनोट भएर आएको परियोजना भएकाले यसमा अमेरिकाको कुनै दबाब स्वार्थ नरहेको बताएका हुन् । उनले एमसीसीजस्तो परियोजना रोक्न झुटको प्रचार भइरहेको धारणा राखे ।

एमसीसी सम्झौतामा नजोडिएका कुनै पनि दल र नेता नरहेको भन्दै उनले नेताहरूले नै यसको बिरोध गरिरहेको उनको भनाई छ । उनले एमसीसी कुनै सैन्य रणनीति नरहेको पनि बताए । उनले संसदमा छलफल गरेर यसलाई पारित गर्नुपर्ने उल्लेख गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्