बालकुमारीको माघ ८ गते हराएको मूर्ति भेटिएपछि खुसीयाली

Ad
  • कालोपाटी सम्बाददाता

ललितपुर । ललितपुरको सुनाकाठीबाट हराएको बालकुमारीको मूर्ति आज फेला परेको छ । मूर्ति भेटिएसँगै स्थानीयवासीले खुसीयाली मनाएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार आज बिहान ६ बजे ललितपुर महानगरपालिका १५ स्थित करुणा मन्दिरको छेउमा उक्त मूर्ति फेला पारिएको हो ।

प्रहरी उपरीक्षक पोखरेलले भने , “चोरी गरेर लैजाने व्यक्तिमाथि व्यापक खोजी तथा जनदबाब परेकाले त्यसलाई थेग्न नसकेर मूर्ति छाडेर गएको देखिन्छ ।”उनका अनुसार बिहान पूजा गर्न जाँदा एक महिलाले मूर्ति देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ । बिहान १० बजे उक्त मूर्तिलाई गुठीका प्रतिनिधिको रोहवरमा प्रहरीले हस्तान्तरण गरेको थियो । त्यसपछि स्थानीयवासीले मूर्ति फेला पारेको उपलक्ष्यमा बाजा, नाचगान तथा सांस्कृतिक झाँकीसहित खुसीयाली मनाउँदै पुनःस्थापनका लागि सुनाकाठी लगेका छन् ।

यही माघ ८ गते उक्त मूर्ति हराएको थियो । पित्तलबाट बनेको उक्त मूर्ति दुई फिट अग्लो छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्