थानकोटमा रु एक अर्बको लगानीमा अस्पताल बन्ने

Ad
  • कालोपाटी सम्बाददाता

चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई जर्मन विकास बैंक९केएफडब्लु० रु एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्नेछ ।

सो सहयोगमा मन्त्रालय, नगर प्रमुख घनश्याम गिरी र बैंकका प्रतिनिधिका बीचमा हालै प्रारम्भिक सम्झौतासमेत भइसकेको छ । सम्झौताका अनुसार अस्पताल चार वर्षभित्रमा सम्पन्न हुने जनाइएको छ । नगरपालिकाको समन्वय र सहकार्यमा मन्त्रालय र केएफडब्लुले विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० तयारी अन्तिम चरणमा पु¥याएका छन् । नगरप्रमुख गिरीले भन्नुभयो, “डिपिआरको काम सम्पन्न भएसँगै भवन पूर्वाधारको काम अगाडि बढ्छ । निर्धारित समयभित्र अस्पताल बनाउन नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्छ । यस क्षेत्रमा जनशक्ति, उपकरण र पूर्वाधारमा अस्पताललाई उत्कृष्ट बनाउँछौँ । नगरवासीले चाहेको गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा सहजरुपमा उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध छ ।”

अस्पतालले काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङ बासिन्दालाई विशेष सुविधा पु¥याउने छ । साथै धादिङ, मकवानपुर र नुवाकोट बासिन्दालाई पनि सहज विशेषज्ञ चिकित्सक सेवा पु¥याउने अपेक्षा गरिएको छ ।

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका मातहतमा सो अस्पताल सञ्चालन हुने जनाइएको छ । विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा नै १५ शय्याका अस्पताल सञ्चालनमा आइसकेको छ । प्रयोगशाला, आकस्मिक सेवा र बर्थिङ सेन्टरसहितको उत्कृष्ट सेवा अस्पतालले प्रदान गरिराखेको छ । अस्पताललले पछिल्लो समय विशेषज्ञ मुटु रोग सेवा, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा प्रदान गरिराखेको अस्पतालका मेडिकल अधिकृत डा हेमनाथ शर्माले जानकारी दिनुभयो । उत्कृष्ट कार्यसम्पादन गरेबापत नगरपालिकाको तर्फबाट हालै रु ५० हजार नगद पुरस्कार तथा सम्मानपत्र प्राप्त गर्नुभएकोउनले भने , “प्रयोगशाला, उपकरणसहित अस्पतालले उत्कृष्ट सेवा प्रदान गरिराखेको छ । ”

महामारी नियन्त्रणमा उदाहरणीय प्रयास    

कोभिड–१९ को महामारीबाट नगरवासीलाई जोगाउन नगरपालिकाले उत्कृष्ट सेवा प्रदान गरेको थियो । नगरप्रमुख गिरीले भने , “महामारीका सुरुआती दिनमा नै उपत्यका भित्रिने प्रमुख नाका नागढुङ्गामा कोरोना जाँच तथा यातायातका साधनलाई ‘डिसइन्फेट्यान्ट’ गर्ने काम थालनी भयो । यसबाट कोरोना जोखिम न्यूनीकरणमा सहयोग पुग्यो । नगरभित्रका सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्यौँ । चारस्थानमा होल्डिङ सेन्टर बनाई सेवा प्रदान गर्ने काम भयो । स्वाब सङ्कलनमा नगरपालिकाले सशस्त्र प्रहरी बल अस्पताल बलम्बुलाई सहयोग ग¥यो । माक्स, स्यानिटाइजर वितरण गर्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न नगरवासीलाई जानकारी दिने काम भयो । यसबाट कोरोना नियन्त्रणमा सहयोग पुग्यो ।” नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार नगरपालिकाले एन्टिजेन र पिसिआर गरी १० हजार ३७५ को निःशुल्क परीक्षण गर्न सहयोग पु¥याएको छ । हालसम्म नगरमा आठ हजार ५८७ कोरोना पोजेटिभ देखिएकामा आठ हजार ४०० निको भएका र १०० होमआइसोलेसनमा रहेका जनाइएको छ ।

महामारीको पहिलो र दोस्रो लहरका समयमा नगरपालिकाले आफ्नो एम्बुलेन्समार्फत निःशुल्क सेवा प्रदानसमेत गरेको थियो । पछिल्लो समय कोरोनाविरुद्धको खोप लगाउन नगरपालिकाले घरदैलो अभियान सञ्चालन गरी खोप कार्यक्रम सञ्चालन गरिराखेको छ । नगरप्रमुख गिरीलेभने , “कोरोनाविरुद्धको खोप सबै नगरवासीका पाखुरासम्म पु¥याउन मैले उच्च प्राथमिकतामा राखेको छु । सबै वडाका स्वास्थ्यचौकी, विद्यालय तथा अस्पतालमा खोप सेवा जारी छ । म हरेक दिन खोप केन्द्रको निरीक्षण गर्छु । खोपको अभाव हुन दिएको छैन ।” उनी स्वयं पनि कोरोनाबाट सङ्क्रमित भएका थियो ।

नगरपालिकाले स्थानीय बजेटमार्फत १५ वटै वडामा स्वास्थ्य प्रवद्र्धन गर्न रु चार लाख विनियोजनसमेत गरेको छ । यस्तो बजेट विनियोजन गर्ने चन्द्रागिरि पहिलो भएको बताइएको छ । प्रमुख प्रशासकीय अधिकृत नीरज पौडेलले नगरपालिकाले स्वास्थ्य सेवामा लगानी वृद्धि गर्दै जाने नीति लिएको जानकारी दिए ।

नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेव जगदिश्वरी अवस्थी पाण्डेका अनुसार नगरपालिकाले एक सहरी स्वास्थ्य केन्द्र, एक अस्पतालसहित १० स्वास्थ्यचौकीमार्फत स्वास्थ्य सेवा प्रदान गरिराखेको छ । यी स्वास्थ्य संस्थामा सरकारको मापदण्डअनुसारका प्रयोगशालाको पनि सुविधा छ । उनले भने , “समग्र स्वास्थ्यको सूचाङ्ककमा चन्द्रागिरिको नगरपालिकाको अवस्था सुदृढ देखिन्छ ।”

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्