रुकुममा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

रुकुममा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भूमे गाउँपालिका–४ करालबगरमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । चारजना घाइते भएका छन् ।

मङ्गलबार बेलुकी करिब ६ बजेको समयमा भूमेबाट रुकुमकोटतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भूमे–८ का १९ वर्षीय सुनिल रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले जानकारी दिए ।

रा१च ३२४५ नंको ट्र्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका रोकाको उपचारका लागि दाङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । घाइते हुनेमा ट्र्याक्टर चालकसहित चारजना रहेको छन् । प्रहरी निरीक्षक बानियाँका अनुसार अर्का भूमे–८ कै १९ वर्षीय सुन्दर रोकाको दाङमा उपचार भइरहेको छ ।

बाँकी तीनजनाको उपचार जिल्लास्थित अस्पतालमै भइरहेको बानियाँले बताए । ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक बानियाँको भनाइ छ । ट्र्याक्टर सडकदेखि अन्दाजी ३०० मिटर तल खसेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्