टुंगो लाग्दै एमसीसी, ३ बजेको लागी बैठक बोलाइयो

Ad
  • कालोपाटी सम्बाददाता

अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न आज दिउँसो तीन बजे गठबन्धनको बैठक बस्ने भएको छ  । बुधबारकै संसद बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी भए पनि  दलहरुबीच सहमति नभएको  भन्दै त्यसलाई स्थगित गरिएको थियो ।

सरकारले बुधबारकै संसद्मा एमसीसी अनुमोदनका लागि पेश गर्ने भन्ने सूचनाका आधारमा विभिन्न राजनीतिक दल समर्थित नेता कार्यकर्ता भेला भई प्रदर्शनमा समेत उत्रिएका थिए । मीनभवनतर्फको प्रवेशद्वारबाट संसद् भवनभित्र पस्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहोरा हानेको थियो ।

माओवादीले यथास्थितिमा एमसीसी टेबल भए सरकारबाट पनि बाहिरिने भनिसकेको छ । तर प्रधानमन्त्री देउबा जसरी पनि एमसीसी पास गराउने पक्षमा छन्।  आजको बैठक एमसीसीको लागी निर्णायक बन्ने बुझिएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्