खल्ती मार्फत ब्लुबुक नवीकरण शुल्क तिर्न सकिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले आफ्ना निजी सवारी साधन भएका प्रयोगकर्ताका लागि खल्ती डिजिटल वालेट प्रयोग गरी ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको छ ।

आफ्नो ब्लुबुकको शुल्क बिना कुनै झन्झट अनलाइनमा बेलैमा तिर्न मिल्ने गरी खल्तीले आफ्नो एपमार्फत यो सेवा सुरु गरेको हो । अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताले यस सेवाको लाभ उठाउन सक्ने भए तापनि आगामी दिनमा यो सुविधा देशभर उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

प्रयोगकर्ताले भुक्तानी गर्नुपूर्व सर्वप्रथम आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरण अनलाइन ‘भेहिकल रजिष्ट्रेसन सिस्टम ९भीआरएस० मा दर्ता गर्नुपर्ने हुन्छ । यो कार्य नागरिक एप वा बागमती प्रदेशको यातायात व्यवस्थापन सूचना प्रणालीमार्फत सहजै गर्न सकिने जनाइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्