नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक सार्वजनिक, प्रधानमन्त्री एवम् पूर्वमन्त्री द्वारा लिखित पुस्तकको विमोचन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित सो पुस्तकको विमोचन गरेका हुन् । पुस्तकमा नेपाली काँग्रेसको इतिहास र २००७ सालमा राणाबिरोधी आन्दोलनलाई सफलता दिलाउन सहयोग गरेका व्यक्तित्वहरुबारे चर्चा गरिएको छ । लेखक केसीले पुस्तकभित्र आफूले २६-२७ वर्षयता स्वदेश तथा विदेशमा नेपाली काँग्रेसबारे उठाइएका खुल्दुलीलाई समेट्ने प्रयत्ने गरेको पनि जानकारी दिए ।

नेता केसीले पुस्तकमा नेपाली काँग्रेसमाथि उठ्ने गरेका प्रश्न र लाग्ने गरेका आरोप तथा नेपाली काँग्रेसको अहिलेसम्मको कार्यदिशा, पार्टीका संस्थापक नेता बिपी कोईरालाले देखाएको समाजवाद र नेपाली काँग्रेसको सन्तुलित परराष्ट्रनीतिका बारेमा बिस्तृत रुपमा उजागर गरिएको बतानले बताए । उनले यस पुस्तकबाट नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले नेपाली काँग्रेसको बारेमा धेरैकुरा जान्न र बुझ्न सक्ने उल्लेख गरे । पुस्तकमा काँग्रेसका महाधिवेशन, महासमिति बैठक, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, मजदूर संगठन आदि भातृसंस्था स्थापनाको युग प्रवर्तक पक्षलाई पनि समेटिएको छ । त्यस्तै आदिवासी–जनजाति, दलित, मधेसी, मुसलमान, सुदूरपश्चिम, मजदूर, किसान आदि वर्ग र समुदायसँग काँग्रेसको सम्बन्धको बारेमा पुस्तकले काँग्रेसको नीति स्पष्ट पारेको छ ।

त्यस्तै कम्युनिस्ट पार्टीहरूलाई हेर्ने दृष्टिकोण, कम्युनिस्टहरूका नीतिगत खोटहरूलाई लोकतान्त्रिक मूल्य–मान्यताको कसीमा हेरिएको विवरण, समाजवादबारे, काँग्रेसको मध्यमार्ग, काँग्रेसबिरुद्ध चलाईएका अनर्गल प्रचारवाजी तथा भ्रम आदिको बारेमा पनि पुस्तकले संक्षिप्त जानकारी गराउने प्रयास गरेको छ । पुस्तकको अन्तिम खण्डमा २००३ सालदेखि २०७८ सम्मका काँग्रेसका ऐतिहासिक गतिविधि वा घटनाहरूको तिथिमितिसहित उल्लेख गरिएको छ भने पार्टीका महत्वपूर्ण नेताहरूको निधनलाई पनि उल्लेख गरिएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्