एमसीसीको टुंगो आज लाग्ने : १० बजे बैठक बोलाइयो

Ad
  • कालोपाटी सम्बाददाता

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गर्ने कि नगर्ने बिषयमा छलफल गर्न सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक आज बिहान १० बजे बस्ने भएको छ  । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गठबन्धनको बैठकले  आजै एमसीसीको अन्तीम टुंगो दिने बताईएको छ  ।  प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै हालतमा पनि एमसीसी पास गर्ने अडान लिएपछि गठबन्धन फुट्ने आङ्कलन गरिएको छ ।

तर माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदको अवरोध कायम रहेको बेला एमसीसी टेबल गर्न नहुने बताएका छन् । सरकारले जबरजस्ती अघि बढ्न खोजे सरकार छाड्ने माओवादीको चेतावनी छ । गठबन्धनको बैठकले एमसीसी बारे निर्णय लिने छ । एमसीसी र गठबन्धनको भविष्यका विषयमा आजको बैठकलाई निर्णायक मानिएको छ ।

विहीबार साँझ बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।करीब तिन घण्टा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आजको संसद बैठकमा एमसीसी टेबल गर्ने प्रस्ताव गरेका थिए । । तर माओवादी केन्द्रले संसदको अवरोध हट्नुपर्ने पुरानै अडान दोहोर्‍याए पछि सहमति नजुटेको हो  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्