कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, आज पनि नहुने एमसीसी पेश

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा समितिको  बैठक सुरु भएको हो । गठबन्धन दलमा एमसीसीमा भएको विवादका बीच आज प्रतिनिधिसभा बैठक बस्दैछ । बिहान बसेको सत्ता गठबन्धनको बैठकमा आजको संसद बैठकमा एमसीसी पेश नगर्ने सहमति भएको हो ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने एउटा मात्रै एजेण्डा छ । संसद बैठक भने दिउँसो १ बजे बस्नेछ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्