‘गठबन्धन कुनै हालतमा टुट्नु हुदनै्’ : नेता झलनाथ खनाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन कुनै हालतमा नटुट्ने बताएका छन् ।

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै खनालले एमसीसीले गठबन्धनलाई केहि अप्ठेरो नपार्ने बताएका हुन् । गठबन्धन सहमतिका आधारमा बनेको भन्दै खनालले एमसीसीले छुनुपर्ने कुनै कुरा नरहेको जिकिर गरे । एमसीसी गठबन्धनको नभएर मुलुक र जनताको मुद्धा भएकाले जनतको भावनाहरुलाई यसलाई टुङ्गोमा पुराउनुपर्ने धारणा राखे । खनालले प्रधानमन्त्रीका आफ्ना मत र चाहना रहेको र संसद नचलिरहेको अवस्थामा एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीले भेट्नु स्वभाविक रहेकाले आंशका नगर्ने बताए । एमसीसीमा राष्ट्रघाती प्रावधान रहेको भन्दै नेता खनालले संशोधन नभएसम्म पास हुन नदिने उल्लेख गरे ।

त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, प्रचण्ड, केपी ओलीसम्मले एमसीसी अगाडि बढाएको भन्दै यसलाई सदन छिटो अघि बढाउनुपर्ने बताए । संसदसँग एमसीसी पारित गर्ने, फेल गर्ने वा खारेज गर्ने अधिकार रहेको भन्दै संसदबाट निकास दिन सबै दल तयार हुनुपर्ने उनको भनाई छ । उनले कुनै पनि बिषयमा कुरा मिल्न नसके गठबन्धनलाई जोगाईराख्न आवश्यक नहुने पनि बताए ।

त्यस्तै नेकपा एमालेका नेता यागेश भट्टराईले अहिले एमालेको प्राथमिकता सरकार नभएर आउने निर्वाचन भएको बताउनुभयो । उहाले अहिलको सत्तागठबन्धनको जग बलियो नभएकाले यो टुट्नु अनिवार्य रहेको धारणा राखे । त्यस्तै भट्टराईले एमसीसीका बारेमा आवश्यक समयमा धारणा राख्ने उल्लेख गरे ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्