अग्निप्रसाद सापकोटाको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समिति बैठक सुरु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठक सुरु भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी सम्झौता टेबुल गर्ने वा के गर्ने भन्ने विषयमा केन्द्रित रहेर छलफल हुनेछ । सत्ता गठबन्धनभित्रै विगतमा दुई थरी मत आएपछि लामो समयदेखि उक्त विषयले सदनमा प्रवेश पाउन सकेको छैन । नेपाली कांग्रेसकातर्फबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, संसदीय दलका सचेत पुष्पा भुसाल सहभागी छन् ।

नेकपा माओवादी केन्द्र संसदीय दलका सचेतक रेखा शर्मा र नेत्री जयपुरी घर्ती तथा नेकपा एकीकृत समाजवादीका प्रमुख सचेत जीवनराम श्रेष्ठ हुनुहुन्छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका लक्ष्मणलाल कर्ण, राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल बैठकमा सहभागी छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्