गरिमा विकास बैंक र लाईफ स्टाईल बिच ‘गोल्डस्टार जुत्ता’मा विशेष छुट

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपालकै पुरानो तथा प्रतिष्ठित जुत्ता निर्माता ‘गोल्डस्टार’सँग विशेष छुट सम्बन्धि सम्झौता गरेको छ ।  डिजिटल बैकिङलाई प्राथमिकतामा राख्दै समयअनुकुल आफ्ना ग्राहकहरुका लागि विभिन्न छुट सम्बन्धि  सम्झौता गरेको हो । सम्झौता अनुरुप यस विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गरि गरिमा स्मार्टबाट भुक्तानी गर्दा तत्काल १५%  छुट प्राप्त गर्नछन् ।

छुट योजना गोल्डस्टारको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गर्दा मात्र लागू हुनेछ भने अफलाईन स्टोरबाट जुत्ता खरिद गर्दा लागू हुने छैन । हाल गरिमा विकास बैंकले नेपालभर ३७ जिल्लामा ११८ शाखा कार्यालय, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्