आईतबार २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालमा थप २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ६ हजार ५ सय ७२ पिसिआर परिक्षणका क्रममा २ सय २९ जना र ३ हजार २ सय ४३ जनामा ३३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय २१ जनाको मृत्यु भएको छ ।  त्यस्तै थप १ हजार ३ सय ३८ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ५१ हजार ३ सय ९४ जना निको भएका छन् । हाल नेपालमा १२ हजार २ सय ४४ सक्रिय संक्रमित आइशोलेशन र १ सय १० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्