कृषिमन्त्री यादवको एक सय दिनको काम सार्वजनिक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । कृषि तथा पशुपन्छि विकास मन्त्री महिन्द्रराय यादवले एक सय दिनको काम सार्वजनिक गरेका छन् । सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कृषि मन्त्री भएर एक सय दिनमा कृषि क्षेत्रमा गरेका कामको बारेमा सार्वजनिक गरेका हुन् । एक सय दिनको काम सार्वजनिक कार्यक्रममा बोल्दै कृषि मन्त्री यादवले मन्त्री भएको एक सय दिनमा अघिल्लो सरकारको तुलनामा राम्रो काम गरेको बताए ।

उनले किसानले बाली लगाउने बेलामा बीउको समस्या समाधान गर्ने काम गरेको बताए । मन्त्री यादवले किसानले गहुँ लगाउने समयमा ५ सय क्विन्टल बीउ नपाएको अवस्थामा सरकारले समयमा नै बीउ उपलब्ध गराउने काम गरेको बताए । उनले धानको उत्पादन र उत्पादन क्षेत्र वृद्धि गर्नु सरकारको दायित्व भएकाले त्यसको लागि काम गरिरहेको जानकारी दिए । नयाँ सरकार गठनपछि मल खोज्ने किसानलाई खाली हात नपठाएको दाबी गरे । उनले सरकारसँग अहिले पनि गोदाममा मल मौज्दात रहेको जानकारी दिए ।

उनले अब सरकारले किसानको बैंक खाता तथा हात–हातमा अनुदान रकम पुयाउने प्रक्रिया थालनी गरेको बताए । सरकारले किसानलाई कृषि अनुदान दिँदा अख्तियार तथा मुद्धा लाग्ने गरेकाले अनुदान रोकिएकाले किसानलाई सहुलियत दिने तयारी सरकारले गरेको बताए । कृषि मन्त्रीले एक सय दिनमा नीतिगत तथा कानूनी व्यवस्था, बाली-बस्तुको धान,उखु, कफी,कच्चा दुधको मूल्य निर्धारण गरेको उल्लेख गरेका छन् । त्यस्तै, बेमौसमी वर्षा प्रभावित कृषकहरुलाई राहत समन्वय,रासायनिक मल आयात र बिक्रि सहजिकरण ,गुणस्तर नियमन, नयाँ जोन र पकेट स्थापना लगायतका काम गरेको जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्