महालक्ष्मी विकास बैंंकको स्थगित भएको २०औँ वार्षिक साधारण सभा फागुन १३ गते हुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । महालक्ष्मी विकास बैंकको यसअघि स्थगन भएको २०औँ वार्षिक साधारणसभा फागुन १३ गते हुने भएको छ । फागुन ५ गते बसेको सञ्चालक समितिको ५१६औँ बैठकको निर्णयानुसार फागुन १३ गते बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठन, कमलादीमा हुने भएको हो ।

पुस २५ मा तोकिएको सभा गणपुरक संख्या नपुगी स्थगित भएको सभा पुनः असोज ३ गतेका लागि तोकिएको थियो । असोज ३ गते को अन्तरिम आदेश छलफलको टुङ्गो नलागेसम्म नगर्नु नगराउनु भनि उच्च अदालत पाटनवाटले आदेश दिएको थियो । सोही अनुसार फागुन १३ गते बस्ने भएको हो ।

सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७-७८ को सञ्चित मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनको लागि १।०५२६ प्रतिशत नगद सहित २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव रहेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्