लोसपा संसदीय दलको बैठक आज १ बजे बस्दै, एमसिसीका विषयमा छलफल हुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा संसदीय दलको बैठक आज बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक तय भएको छ ।

उक्त बैठकमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी लगायत समयसामयिक विषयमा छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । एमसिसी नेपालको पूर्वाधार विकास र नेपाली जनताको समृद्धिको पक्षमा रहने भनी दाबी गर्दै आएको लोसपाको आजको बैठकले यस सम्बन्धमा ठोस धारणा सार्वजनिक गर्ने बताइएको छ । उक्त पार्टीको संसदीय दल १३ सदस्यीय छ ।

एमसिसी सम्झौता छलफलका लागि सदनमा पेश भइसकेको अवस्थामा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका गतिविधि, छलफल र बैठकलाई महत्वका साथ हेरिँदै आएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्