एक करोड ५० लाखको लागतमा निर्माण गरिएको खानेपानी योजना सम्पन्न

Ad
  • कालोपाटी सम्बाददाता

भरतपुर । खानेपानीको अभाव झेलिरहेको भरतपुर महानगरपालिकाको पहाडी क्षेत्रमा खानेपानी योजना सम्पन्न भएको छ । योजना सम्पन्न भएसँगै घण्टौँ लगाएर खानेपानी बोक्नुपर्ने बाध्यताको अन्त्य भएको छ । रु एक करोड ५० लाखको लागतमा निर्माण गरिएको सो योजनाको मङ्गलबार उद्घाटन गरिएको छ ।

भरतपुर महानगरपालिका–२९ ढोडेनीमा निर्माण गरिएको सो योजनाको महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले उद्घाटन गरे । सङ्घीय सरकारको रु एक करोड, भरतपुर महानगरको रु ३५ लाखको लागतमा जनसहभागितामा निर्माण गरिएको सो योजनाबाट ८३ परिवार लाभान्वित भएका छन् । सोही वडामा चौकीडाँडा खानेपानी योजनासमेत निर्माणको अन्तिम चरणमा छ । महानगर प्रमुख दाहालले वडा नं २९ को खानेपानी समस्या अब सधैँका अन्त्य भएको भन्दै खुसी व्यक्त गरे । उनले ढोडेनी र चौकीडाँडा खानेपानी योजनाबाट वडावासी लाभान्वित भएको बताए । उपप्रमुख शाहले जनप्रतिनिधि आएसँगै खानेपानीलाई प्रमुख प्रथामिकतामा राख्दै काम गरिएको बताए ।

यसअघि त्यहाँका स्थानीयवासी ५०० मिटर तलको खोलामा पानी लिन जान बाध्य थिए । गाउँमा बारीमा तरकारी लगाउन पनि सम्भव थिएन । अहिले ५०० मिटर तल खोलाको पानीलाई लिफ्टिङ गरेर माथि ट्याङ्कीमा तानेर घरघरमा वितरण गरिएको छ । भरतपुर महानगरपालिका–२९ का वडाध्यक्ष मानबहादुर रानाले बिहानभरि लगाएर खानेपानी ओसार्नुपर्ने बाध्यता हटेको बताए । उनले भने , “पानी अभावमा बारीमा तरकारी लागाउन समस्या भएको थियो, अब त्यो हट्ने भयो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्