सहकारी ठगी गरेको आरोपमा संलग्न दुई व्यक्ति पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रहरीले सहकारीको ६ करोड २५ लाख ठगी गरेको आरोपमा संलग्न दुई व्यक्ति पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ३१ पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरज बस्नेत र उपाध्यक्ष शिव पाण्डेलाई पक्राउ गरेको हो ।

१५ निक्षेपकर्ता सदस्यहरुले संस्थामा बचत तथा आवधिक खाता खोली जम्मा गरेको ६ करोड २५ लाख रुपैयाँ सहकारीका सञ्चालकहरुले हिनामिना गरी आफूखुसी सहकारी संस्थाको खातामा नराखी आफ्नै परिवारका सदस्य र आफन्तहरुका नाममा राखेको र भन्दै प्रहरीमा जाहेरी परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो। निक्षेपकर्ताले भुक्तानी फिर्ता माग्दा उनीहरु सहकारी संस्थामा ताला लगाई फरार भएका थिए ।

उनिहरु दुवैलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाही भइरहेको व्युरोले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्