सनराइज बैंक र नेशनल बैंकिङ्ग इन्स्टिच्युट बीच  सहकार्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सनराइज बैंक र नेशनल बैंकिङ्ग इन्स्टिच्युट बिच वित्तीय साक्षरताका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपाल राष्ट्र बैंकले प्राथमिकतामा राख्दै आएको वित्तीय साक्षरता कार्यक्रमलाई समाज र समाजका व्यक्तिहरुमा पुर्याउने उद्देश्यले सनराइज बैंकले पनि देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम गर्ने भएको हो । वित्तीय बजारको विकासका साथै आर्थिक र नितिगत विकासका कारण वित्तीय साक्षरताको महत्व बढदै गएको छ ।

उक्त सहमतिपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणा र नेशनल बैंकिङ्ग इन्स्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार लमसालले हस्ताक्षर गरेका हुन् । सहमतिपत्र अन्र्तगत विभिन्न प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । बैंकका गतिविधिहरूको एक हिस्साको रूपमा र वित्तमा पहुँच सम्बन्धी चेतना जगाउने उद्देश्यले देशव्यापी वित्तिय साक्षरता कार्यक्रमहरू गर्नका लागि सो सहमती गरेको हो ।

वित्तीय साक्षरताको अभावमा मानिसहरुले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरुको पहुच पुर्याउने, डिजिटल कारोबारका बारेमा व्यक्तिहरु अभ्यस्त बनाउन, आफ्नो व्यवसायिक योजनालाई बैंकको सहायताले बढाउन र त्यसले व्यक्तिहरुको आर्थिक आर्जन बढाई उनीहरुको जीवनस्तर पनि बढाउने भन्ने उद्देश्य साथ वित्तीय साक्षरता कार्यक्रम गर्न लागेको बैंकको नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले बताईन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्