महानगरीय प्रहरी कार्यालयले गर्यो बानेश्वरमा २४ सय भन्दा बढी प्रहरी परिचालन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ। बिहीबार दिउँसो नयाँ प्रतिनिधि सभाको बैठक बस्दैछ । संसदमा प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन शुरु भएको छ । प्रदर्शनलाई लक्षित गरेर महानगरीय प्रहरी कार्यालयले बानेश्वरमा २४ सय भन्दा बढी प्रहरी परिचालन गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश राज मैनाली फिल्डमा खटिएका छन् । मैनालीसँगै १४ जना डिएसपीलाई फिल्डमा परिचालन गरिएको छ । सुरक्षा व्यवस्थाको समग्र कमाण्ड काठमाडौंका एसएसपी सुदिप गिरीले गरेका छन् । गत फागुन ८ गते बसेको प्रतिनिधि सभा बैठकका दौरान संसद् भवन रहेको नयाँ बानेश्वर क्षेत्र रणमैदान नै बनेको थियो । प्रहरीले रबरको गोली नै चलाउन परेको थियो भने दर्जनौँ प्रहरी तथा आन्दोलनकारी घाइते भएका थिए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्