अर्थमन्त्री शर्मा आज पनि संसदमा उपस्थित नहुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । एमसीसीबारे प्रतिनिधि सभामा को बैठकमा अर्थमन्त्री शर्मा आज पनि संसदमा उपस्थित नहुने भएका छन् । उनि पर्वत उद्योग वाणिज्य संघको साधारण सभामा प्रमुख अतिथिको रुपमा सहभागी हुन भन्दै पर्वत पुगेका हुन् । आज बिहान पर्वतको कुस्मास्थित द किल्फ रिसोर्टको स्काई क्याफेमा बसेको शर्मा दम्पतीको भिडियो सार्वजनिक भएको थियो ।

फागुन ५ गते एमसीसी प्रतिनिधि सभा बैठकमा पेश गर्ने कार्यसूचीमा पनि अर्थमन्त्रीको नाम थियो तर उनी अस्वस्थ भएको भन्दै बैठकमा उपस्थित नभएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेश गरेका थिए । आज संसदमा एमसीसीबारे छलफल गर्ने सम्भावित कार्यसूची छ । तर आजको बैठकमा पनि अर्थमन्त्री शर्मा नजाने भएका छन् । उनीसँगै रहेका पत्रकार त्रिभुवन पौडेलका अनुसार उद्योग वाणिज्य संघ पर्वतको कार्यक्रममा रहेकाले शर्मा काठमाडौं नफर्किने जानकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्