बिहिबार नेप्से परिसूचक ५८.९९ अंकले गिरावट

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ । बुधबार १५ अंकले गिरावट आएको नेप्से बिहीबार ५८.९९ अंक घटेर २ हजार ६६१.४४ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स २.१७ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१४ प्रतिशत घटेको छ । बिहीवार कारोबारमा आएका २२९ कम्पनीको ८४ लाख ९० हजार कित्ता शेयर ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

कारोबारमा आएका २२९ कम्पनी मध्ये १२ कम्पनीको मात्रै मूल्य बढेको छ भने २११ कम्पनीको मूल्य घटेको नेप्सेले जनाएको छ । बाँकी ६ कम्पनीको मूल्य भने स्थिर रहेको छ । नप्सेको १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ३.०१ प्रतिशत घटेको छ । त्यस्तै विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ । बाँकी व्यापार, उत्पादन तथा प्रशोधन र बैंकिङ्ग उपसमूहको परिसूचक १ प्रतिशतले घटेको छ । नेप्से परिसूचकमा गिरावट आए पनि हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यस्तै युनिभर्सल पावर कम्पनीका मूल्य भने सबै भन्दा बढी ५.७० प्रतिशतले गिरावट आएको छ । नयाँ सारथी लघुवित्त र सिद्धार्थ इन्स्योरेन्सको शेयरमूल्य गिरावट आएको छ । कारोबार रकमका आधारमा २६ करोड ९७ लाख १६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । नेपाल टेलिकमको २५ करोडभन्दा बढीको कारोबार भएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्