‘ यथास्थितिमा एमसीसीलाई अनुमोदन गर्न सकिदैन’ :अध्यक्ष नेपाल

Ad
  • कालोपाटी सम्बाददाता

धनगढी । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीलाई अनुमोदन गर्न नसकिने बताएका छन् ।

शुक्रबार कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यथास्थितिमा एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गराउन नसकिने अडानमा आफूहरु कायमै रहेको बताएका हुन् । एमसीसी सम्झौंताका कतिपय प्रावधानहरु आपत्तिजनक रहेको भन्दै उनले आफूहरुले ती प्रावधानहरुलाई सच्याउनका लागि बारम्बार कुरा राख्दा पनि सच्चिन नसकेको गुनासो गरे । अध्यक्ष नेपालले एमसीसी अनुमोदनका लागि अमेरिकाबाट धम्किपूर्ण अभिव्यक्ति आउनुले पनि यसप्रति अझ बढी आशंका बढाएको तर्क गरे । एमसीसी सम्झौताका केही प्रावधानहरु परिवर्तन गर्ने सम्बन्धमा अझैपनि छलफल चलिरहेको उनले बताए ।

अध्यक्ष नेपालले नेपाललाई कुनैपनि सैन्य गठबन्धन र सुरक्षा रणनीतिको अंगको रुपमा समावेश गर्न नदिने बताए । उनले छिमेकी देशहरुको सुरक्षामा असर पर्ने काम नेपालको भूमिबाट हुन नदिने पनि बताए । उनले संसदमा टेवल गरिएको एमसीसीको सम्बन्धमा नेपालले कसैको दबाबबाट प्रभावित नभई स्वतन्त्र ढंगले निर्णय लिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्