नेकपा माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ ।

आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको बैठकले उक्त निर्णय गरेको नेता दिनानाथ शर्माले जानकारी दिए । नेता शर्माले संशोधन विना अनुमोदन गर्न नसकिने आफूहरुको पहिले देखिकै अडान रहेकाले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय भएको बताए ।

खुमलटारको बैठकपछि अध्यक्ष दाहाल प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि बालुवाटार गएका थिए । आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । गठबन्धन दलबीच औपचारिक समझदारी बनेमा प्रस्ताव आइतबारकै बैठकबाट पारित गर्ने र त्यसपछि दफावार छलफल गरेर सके तत्कालै, नसके सोमबार अनुमोदन गराउने तयारी प्रधानमन्त्रीले गरेका छन् । माओवादी र एकीकृत समाजवादीले सम्झौताका केही बुँदामा राखेका प्रश्नमा व्याख्यात्मक घोषणासहित संसद्बाट पारित गर्न उनीहरू सहमत भएका हुन ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्