विद्यालयमा सेनेटरी प्याड उपलब्ध हुन थालेपछि छात्राहरुको शैक्षिक स्थितिमा सुधार आउने अपेक्षा

Ad
  • कालोपाटी सम्बाददाता

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयमा सेनेटरी प्याड उपलब्ध हुन थालेपछि छात्राहरु हर्षित भएका छन् ।

महिनावारी हुने समय आएपछि विद्यालय जाने कि नजाने र गएपनि कसरी दिन कटाउने भन्ने चिन्तामा रहेका किशोरीहरु चिन्तामुक्त बनेका हुन् । महिनावारी हुँदा शारीरिक समस्या हुने र पठनपाठनमै समस्या हुने तथा महिनावारीको समयमा छात्राहरु विद्यालय नै आउन छोडेपछि वीरगञ्ज महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूको लागि निःशुल्क रूपमासेनेटरी प्याडको व्यवस्था गरेको छ । विद्यालयमा पनि महिनावारीका समयमा बीचमा नै पढाइ छोडेर घर जाने किशोरीहरूको संख्यामा कमी आउन थालेको विद्यालय सञ्चालक समितिले बताएको छ । सरकारले गत आर्थिक वर्षदेखि देशभरका सामुदायिक विद्यालयमा सेनेटरी प्याड मेसिन जडान गरेको छ । विगतमा छात्राहरुलाई महिनावारी भएको समयमा विद्यालय छाडेर घर जाने, महिनावारी समयमा विद्यालय नआउने जस्ता समस्या भोग्नुपरेको थियो । गत वर्षदेखि विद्यालयमै छात्राहरुलाई महिनावारी भएको समयमा प्याड निकाल्ने मेसिन सञ्चालनमा आएपछि सहज भएको छात्राहरु बताउँछन् ।

सामुदायिक विद्यालयका छात्राहरु महिनावारी भएको समयमा प्याड पाउन थालेपछि घर फर्किनुपर्ने बाध्यता हटेको विद्यालयका शिक्षिकाहरु बताउँछन् । पहिले महिनावारी भयो भने कम्तीमा ४ दिन विद्यालय आउन नमान्ने छात्राहरु अहिले सधैँसजो विद्यालय आउने गरेको अध्यापनरत शिक्षिकाहरुको भनाइ छ । महानगर भित्रका करिव ९० वटा सामुदायिक विद्यालयमा लगभग २० हजार भन्दा बढी छात्राहरु अध्ययनरत छन् । ती मध्ये महिनावारी हुने किशोरीको संख्या अधिकांश मात्रामा छ । उनीहरूलाई विद्यालयले नियमित सेनेटरी प्याड दिँदै आएको छ । प्याड वितरण कार्यक्रमले विद्यालयमा किशोरीहरूको उपस्थिति बढेको छ भने उनीहरूको शैक्षिक स्थिति पनि सुधार हुने अपेक्षा विद्यालयले गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्