‘आफ्नो पार्टी एमसीसी सम्झौता अनुमोदनको पक्षमा छ’ : अध्यक्ष ठाकुर

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी एमसीसी सम्झौता अनुमोदनको पक्षमा रहेको बताएका छन् । आइतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ठाकुरले लोसपा एमसीसीको पक्षमा रहेको बताएका हुन् । उनले अमेरिकाले विगतदेखि नै सडक, सञ्चार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै एमसीसीमार्फत् आएको सहयोग अनुदानको रुपमा आएको बताए ।

अध्यक्ष ठाकुरले सो अनुदानले नेपालको गरिबी कम गर्ने र अर्थिक वृद्धि गर्ने लक्ष्य राखेको पनि उल्लेख गरे । अध्यक्ष ठाकुरले नेपालले अनुदान पाउने मापदण्ड पुरा गरेकाले मात्रै अनुदान पाएको बताए । उनले आयोजना निर्माणमा हुने बौद्धिक सम्पति नेपालले नै पाउने उल्लेख गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्