संसद भवन अगाडि कुकर बम फेला

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडी नो एमसीसी लेखिएको कुकर बम फेला परेको छ । शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ । मुख्य सडक बन्द गरिएको छ ।

उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरेको एसपी मैनालीले बताए । मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार नेपाल बन्द आह्वान गरेका छन् । बन्दकर्ताले बम राखेर भागेको प्रहरीले बताएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्