सोमबार १ सय ८० जनामा कोरोना संक्रमण पुष्टी, १ जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालमा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार २ सय १८ पिसिआर परिक्षणका क्रममा १ सय १९ जना र ३ हजार १ सय २३ एन्टीजेन परिक्षणका क्रममा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप चार सय संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५६ हजार ४ सय १३ जना निको भएका छन् । हाल नेपालमा ८ हजार २ सय ३५ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्