अनलाइनबाटै पशुपतिनाथको पुजा गर्न सकिने, २५५ रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म शुल्क निर्धारण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । पशुपतिनाथ मन्दिरमा अनलाइन माध्यमबाटै पूजा गर्ने व्यवस्था पशुपति क्षेत्र विकास कोषले मिलाउने भएको छ । अनलाइन एप्लिकेशनबाटै बुकिङ गरी कोषलाई पैसा पठाएर पूजा गरिने प्रणाली सञ्चालन गर्न लागेको हो ।

कोषले विश्वभर छरिएर रहेका हिन्दुधर्मावलम्बीहरुको पशुपतिनाथ प्रतिको आस्था र झुकावलाई मध्यनजर गर्दै अनलाइन प्रणालीबाट पूजा गर्नका लागि पूजाका प्रकार अनुसार २५५ रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ । एमाले नेता योगेश भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका बेला पशुपतिनाथको ई–पूजा एप्लिकेशनको उद्घाटन भएको र शिवरात्रिपछि यस्तो सेवा उपलब्ध हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यो सेवा मार्फत पशुपतिनाथ मन्दिरमा स्वयं उपस्थित हुन नसक्ने भक्तजनहरूले संसारको जुनसुकै स्थानबाट अनलाइन मार्फत बुकिङ गरेर पशुपतिनाथमा दैनिक रूपमा सञ्चालन हुने पूजा सजिलैसँग गराउन सक्ने कोषको भनाई छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्