भक्तपुरका शिवालयमा भक्तजनको घुइँचो

Ad
  • कालोपाटी सम्बाददाता

भक्तपुर । महाशिवरात्रिको अवसरमा भक्तपुरका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ । महाशिवरात्रिका दिन महादेवको विशेष पूजा गर्ने परम्पराअनुसार भक्तपुरको दत्तात्रय मन्दिरका साथै विभिन्न शिवालयमा दर्शनार्थीको घुइँचो लागेको हो ।

भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव, आशापुरी महादेव, यातु महादेव, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर, चित्तापोलस्थित कैलाशकुट महादेवमा पनि भक्तजनहरु पुगेका छन् । शिवरात्रिको दिन बिहानै नुहाइधुवाइ गरी चोखो लुगा लगाएर महादेवलाई तामाको लोटाबाट जल, गङ्गाजल, गाईको दूध र सखरले स्नान गराइ फलफूल, मिठाइ, धतुरो र बेलपत्र चढाउने परम्परा छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्