सेना दिवसका अवसरमा बढाइँ कवाजसहितको विशेष समारोह आयोजना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवसका अवसरमा बढाइँ कवाजसहितको विशेष समारोह आयोजना गरेको छ । सैनिक मञ्च टुडिखेलमा आयोजित बिशेष समारोहमा राष्ट्रपति बिद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री शेर बहादुर देउवा, सभामुख अग्नी सापकोटा लगाएतको उपस्थीति रहेको थियो ।

सो क्रममा राष्ट्रपति भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्नुका साथै वीर शहिदहरुप्रति श्रद्धान्जली अर्पण गर्नु भएको थियो भने नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो समारोहमा नेपाली सेनाको हेलिकप्टरद्वारा ‘महाशिवरात्री तथा सेना दिवस –२०७८’अंकित व्यानर प्रदर्शन तथा पुष्पबृष्टी गरिएको थियो । त्यस्तै नेपालको राष्ट्रिय झण्डाको आकृति समेत निर्माण गरी राईफल र तोपबाट महाशिवरात्रीको बढाइँ गरिएको थियो ।समारोहमा मार्चपास, बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले पनि गरिएको थियो ।

त्यस्तै समारोहमा राष्ट्रिय गौरवका सडक निर्माण आयोजना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण र विश्वशान्ति स्थापनामा सहभागिता तथा विपद् व्यवस्थापनसम्बन्धी विविध गतिविधि झल्कने झाँकीसमेत प्रदर्शन गरिएको छ भने आकर्षक सैनिक कला फ्रि–फल जम्प गरिएको थियो ।समारोहमा राष्ट्रपति भण्डारीले सिपाही बार्षिक–२०७८ को विमोचन गर्नुको साथै फ्रि–फल जम्पमा प्रथम र द्वितिय हुने सैनिकहरुलाई पुरस्कार समेत वितरण गरेका थिए । नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्