‘एमसीसीका सम्बन्धमा भएका भ्रमहरुको निवारण व्याख्यात्मक घोषणाले प्रष्ट पारेको छ’: अध्यक्ष नेपाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले एमसीसीको सम्बन्धमा उठेका आशंकाहरुको निवारण व्याख्यात्मक घोषणाले गरेकाले त्यसको अनुमोदनको पक्षमा उभिएको बताएको छ । मंगलबार एकीकृत समाजवादीले पत्रकार सम्मेलन गर्दै एमसीसीको सम्बन्धमा उब्जिएका आशंकाहरुको निवारण अमेरिकाले गरेको र व्याख्यात्मक घोषणाले पनि यसबारेका भ्रमहरुलाई स्पष्ट पारेकाले एमसीसी अनुमोदनको पक्षमा उभिएको जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष माधवकुमार नेपालले अमेरिकाले एमसीसी सम्झौता इन्डोप्यासिफिक रणनीतिको हिस्सा नभएको स्पष्ट पारेसँगै एमसीसी अनुमोदन गरिएको बताए । उनले प्रमुख प्रतिपक्ष दल एमालेले एमसीसी सम्झौतालाई आफैले संसदमा अगाडी बढाए पनि तत्कालिन प्रधानमन्त्री ओली र ओली नेतृत्वका मन्त्रीहरुले यसबारेमा विवाद सिर्जना गरेको आरोप पनि लगाए । अध्यक्ष नेपालले एमसीसी सम्झौतासँगै संसदबाट पारित गरिएको व्याख्यात्मक घोषणाले कानूनी मान्यता पाउने बताए । नेकपा (एमाले)को समेत सम्झौतामा औपचारिक विरोध नभएकाले सम्झौता दुई तिहाइभन्दा बढी मतले पारित भएको उनको दावी थियो ।

सम्झौता अनुमोदन पछि अमेरिका र छिमेकी राष्ट्र चीनको समेत सकारात्मक प्रतिक्रिया आएकोे उनले बताए । जनतामा एमसीसीबारे भएका भ्रमहरुको व्याख्यात्मक घोषणाले प्रष्ट पारेको उनले बताए । उनले अमेरिकाका तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई ट्रयापमा पारेर नेपाललाई चीन बिरोधी क्रियाकलाप सञ्चालन गराउन खोजेको पनि बताए । अमेरिकामा राष्ट्रपति परिवर्तन भएसँगैँ आफूहरुले निरन्तर कुरा उठाएसँगै नेपाललाई इन्डोप्यासेफिक रणनीतिबाट हटाइएको उनले दाबी गरे । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ अध्यक्ष नेपालले आफूहरु सभामुख अग्निप्रसाद सापकोटाको राजीनामाको पक्षमा नरहेको स्पष्ट पारे । सभामुखको पक्षमा एकीकृत समाजवादी दृढताको साथमा उभिने उनको भनाई छ । सभामुख सापकोटाले संसदको गरिमा र सांसदहरुको अधिकारको रक्षा गरेको भन्दै उनले सभामुखको राजीनामा गराउने कुरा नचिताउन चुनौती दिए ।

उनले नेपालले आगामी दिनमा अन्तर्राष्ट्रिय सन्धि, सम्झौता गर्दा विशेष ध्यान पु¥याउनुपर्ने बताए । सरकार तथा मन्त्रालयका नेतृत्वकर्ताले ध्यान दिदैँ देशप्रेमी, विषयवस्तुको ज्ञान भएको र अनुभवीहरुलाई यस्तो काममा खटाए मात्रै त्रुटी नहुने उनले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्