एसएस फाउण्डेशनद्वारा दोलखाका ८ विद्यालयलाई झोला वितरण

Ad
  • कालोपाटी सम्बाददाता

दोलखा। एसएस फाउण्डेशनले दोलखा जिल्लाका ८ वटा विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ ।

बुधवार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फाउण्डेशनले २१ सय झोला विभिन्न सामुदायिक विद्यालयहरुलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ पशुपति समशेर जबराले एसएस फाउण्डेशन सहयोग अब निरन्तर पिछडिएका जिल्लाहरुमा रहने बताए । उनले यसरी सामाजिक कार्य गर्नाले विद्यार्धीहरुको मनोबल उच्च हुने र विद्यार्थीहरुको भविष्य सुरक्षित हुने बताए ।

फाउण्डेशनले दोलखा जिल्लाका विभिन्न ८ वटा सरकारी तथा सार्वजनिक विद्यालयहरुलाई २१ सय झोला हस्तान्तरण गरेको छ । फाउण्डेशनले यो सहयोगको अभियान विभिन्न विकट जिल्लाका विद्यालयमा सञ्चालन गरिरहने पनि जनाएको छ । बैतेश्वर मावि, नाम्दु, शैलुङ्गेश्वर आधारभूत विद्यालय, झोर,मानेडाँडा प्रावि, भीमेश्वर, गर्जाङढुङ्गा मावि, जिरी, कुटीडाँडा मावि, मकैवारी, क्षमावती मावि, भीमेश्वर, शान्ति आदर्श मावि, बिगु र बुलुङ्ग खानी प्रावि, बिगु–३, बुलुङ्गलाई प्रदान गरिएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्