याब्सनको अध्यक्ष पदमा सुवास न्यौपानेले गरे उम्मेदवारीको घोषणा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं ।राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को अध्यक्ष पदमा सुवास न्यौपानेले उम्मेदवारीको घोषणा गरेका छन् ।

२०५४ सालदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आएका न्यौपानले बुधबार पत्रकार सम्मेलन गर्दै आगामी राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका हुन् । उनले निजी विद्यालयको हक, हित र संवद्र्धन गर्न, कम्पनी अन्तर्गतको निजी स्वामित्वको संरक्षण गर्न, २१औं शताब्दीको समयसापेक्ष र सीपमुलक तथा जीवनोपयोगि शिक्षालाई प्राथमिकताका साथ अघि बढाउन आफ्नो उम्मेदवारी रहेको बताए । त्यस्तै उनले निजी र सामुदायिक विद्यालयबीचको विभेदकारी नीतिको अन्त्य गर्न, निजी विद्यालयमा देखिएका समस्या समाधान गर्न, विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने सक्षम जनशक्ति तयार गर्न आफू लागि पर्नै बताए ।

नेशनल प्याब्सनको राष्ट्रिय महाधिवेशन आगामी फागुन २२ र २३ गते बाँकेको नेपालगञ्जमा हुँदैछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्