कांग्रेसको नवलपुर जिल्ला अधिवेशन सुरु हुँदै

Ad
  • कालोपाटी सम्बाददाता

नवलपुर । नेपाली कांग्रेस नवलपरासी बर्दघाट–सुस्तापूर्वको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । निर्वाचन अधिकृतको कार्यालयले आज मतदाता नामावली प्रकाशन, २० गते उम्मेदवारको मनोनयन दर्ता र २१ गते मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

फागुन २१ गते हुने निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुईसचिव, दुई उपसचिव गरी पदाधिकारीको सात पदका लागि निर्वाचन हुने निर्वाचन अधिकृत गोविन्द सिग्देलले जानकारी दिए । त्यसैगरी जिल्ला सदस्यहरुमा एउटा नगरपालिकाबाट एक महिलासहित तीन सदस्यका दरले चार वटा नगरपालिकाबाट १२ सदस्य, एउटा गाउँपालिकाबाट एक महिलासहित दुईसदस्य गरी चार वटा गाउँपालिकाबाट आठ सदस्य निर्वाचित हुने उनले जानकारी दिए ।त्यस्तै खसआर्यबाट दुई महिला र दुई खुल्ला सदस्य, जनजातिबाट तीन महिला र तीन खुल्ला सदस्य गरी छ सदस्य दलित तथा थारुबाट एक–एक महिला र एक खुल्ला गरी दुई सदस्य,अल्पसङ्ख्यक वा अपाङ्गता भएका समुदायबाट एक सदस्यसहित कूल ४१ जनाको जिल्ला कार्यसमिति चयन हुने जनाइएको छ ।

एक हजार ९६१ जनाले जिल्ला अधिवेशनमा आफ्नो मत प्रयोग गर्नेछन् । मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ताको कार्यक्रम नेपाली कांग्रेसको जिल्ला कार्यालयको बिपी स्मृति भवनमा र मतदान २१ गते शनिबार लुम्बिनी आदर्श कलेजमा हुने भएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्