बिहिबार १०५ जनामा कोरोना संक्रमण पुष्टी, ३ जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर गरिएको २ हजार ४ सय ४८ पिसिआर परिक्षणका क्रममा ७० जना र २ हजार ४ सय ७६ एन्टीजेन परिक्षणका क्रममा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४४ पुगेको छ । त्यस्तै थप ३ सय २० जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ५७ हजार ८ सय ८ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ५ सय १७ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्