जानकी फाइनान्सको वार्षिक साधारणसभा आइतबार बस्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । जानकी फाइनान्सको वार्षिक साधारणसभा फागुन २२ गते आइतबार बस्ने भएको छ । यसअघि बोलाइएको सभा कोरम नपुगेपछि स्थगित भएको थियो । अब फागुन २२ गते गायत्री कुञ्ज, अतिथी सदन जनकपुरमा पुनः साधारण बस्ने बैंकले जनाएको हो । सभामा जानकीले १५५ बोनस सेयर दिने विशेष प्रस्ताव पेस गर्नेछ ।

यस्तै, ०.७८५ नगद लाभांश (कर प्रयोजनका लागि) दिने प्रस्ताव पनि पेस हुनेछ । बोनसपछि पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम नियमावली संशोधन गर्ने प्रस्ताव लैजाने छ । आर्थिक वर्ष २०७७र७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुनेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्