पल साह प्रकरणमा संयमित भई अनुसन्धान प्रक्रियालाई सघाउन मानव अधिकार आयोगको आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाह प्रकरणमा संयमित भई अनुसन्धान प्रक्रियालाई सघाउन मानव अधिकार आयोगको आग्रह गरेको छ । तनहुँ प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा आरोपका पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको हो ।

अधिकार प्राप्त निकायबाट अनुसन्धान प्रक्रिया चलिरहँदा आरोपका पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्नाले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रियासमेत प्रभावित हुने सम्भावना रहने आयोगले जनाएको छ ।  आयोगले गम्भीर प्रकृतिको फौजदारी अपराधको अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गरी पक्ष र विपक्षमा समाचार सम्प्रेषण नगर्न, सम्बन्धित व्यक्तिको अनुमति विना भिडियोहरु रेकर्ड नगर्न, रेकर्ड गरिएका भिडियोहरु सार्वजनिक नगर्न र अतिप्रचारका कारण प्रमाणहरु नष्ट हुनेतर्फ विचार पुर्याउन आयोगले आग्रह गरेको छ ।

आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै प्राप्त प्रमाणहरु सार्वजनिक गर्र्नुको सट्टा अनुसन्धान अधिकारीहरुलाई उपलब्ध गराउन पनि आयोगले सबै पक्षलाई आग्रह गरेको छ ।

 

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्