एमसीसी सम्झौताविरुद्ध वामपन्थी दलले गर्यो विरोध कार्यक्रम

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । एमसीसी सम्झौताविरुद्ध साना वामपन्थी दलले शुक्रबार काठमाडौंको खुला मञ्चमा विरोध कार्यक्रम आयोजना गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गरी दलले विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका थिए ।

विरोधका कार्यक्रमहरुमा फागुन २० गते काठमाडौं उपत्यकामा विरोध प्रदर्शन र संयुक्त विरोधसभा गर्ने, फागुन २२ गते बुद्धिजीवीहरुसँग अन्तरक्रिया, फागुन २४ गते विरोध प्रदर्शन र सभा, फागुन २६ गते विद्यार्थीहरूद्वारा क्याम्पस र विद्यालयमा विरोध प्रदर्शन र सभा, फागुन २८ गते युवकहरूको विरोध प्रदर्शन र सभा रहेका छन् ।

विरोधका कार्यक्रमहरु सार्वजनिक गर्ने दलहरुमा विप्लव नेतृत्वको नेकपा, नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, नेकपा क्रान्तिकारी माओवादी , वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी , ऋषि कट्टेल नेतृत्वको नेकपा, र नेकपा माओवादी समाजवादी रहेका छन् । विरोध सभा आयोजना गर्न अघि विरोध र्‍यालीको आयोजनासमेत गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्