माओवादीको केन्द्रीय समितिमा ६ एजेण्डा तय, एमसीसीबारे प्रचण्डले रिपोर्टिङ गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको बैठकमा विभिन्न ६ वटा एजेण्डा तय भएको छ । शुक्रबार राष्ट्रियसभा गृहमा सुरु भएको केन्द्रीय समिति बैठकमा तय भएका एजेण्डाहरुमा पहिलो नम्बरमा शहीदप्रति श्रद्धाञ्जली दिइने उल्लेख छ भने दोस्रो प्रचण्डले एमसीसीबारे रिपोर्टिङ गर्ने एजेण्डा तय भएको र अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौताबारे छलफल गर्ने उल्लेख छ ।

माओवादीले गत मंसिरमा सम्पन्न भएको महाधिवेशनका साथसाथै पार्टीको बैठकले एमसीसी यथास्थितिमा पास गर्न नगर्न निर्णय गरेको थियो । तर अन्तिम समयमा माओवादीले १२ बुँदे व्याख्यात्मक घोषणालाई टेकेर एमसीसी पारित गर्न सघाएको थियो । प्रतिनिधिसभाबाट व्‍याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन भएपछि पनि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायतले एमसीसीको व्‍याख्यात्मक घोषणासहित पास गर्ने पार्टीको निर्णयमै अहसमत जनाएका थिए । नेताहरुले पार्टीले गलत गरेको भनी पार्टीमा छलफलको माग राखेका थिए । सोही कारण जारी केन्द्रीय किमटीको बैठकमा एमसीसीले पहिलो प्राथमिकता पाएको माओवादी केन्द्रका नेताहरु बताउँछन् ।

एजेण्डाको तेस्रो नम्बरमा संगठनात्मक कामबारे छलफल हुने उल्लेख छ जहाँ महाधिवेशनबाट टुंगो लाग्न बाँकी रहेका महासचिवसहितका पदाधिकारी चयन, केन्द्रीय सदस्य थप, पोलिटब्यूरो, स्थायी समितिबारे छलफल हुनेछ । एजेण्डाको चौथो नम्बरमा कार्यविभाजनबारे छलफल गर्ने र पाँचौं नम्बरमा स्थानीय निर्वाचनको तयारीबारे छलफल गर्ने उल्लेख छ । एजेण्डाको छैठौं नम्बरमा विविध विषयअन्तर्गत रामवृक्ष यादवको सालिकबारे पनि छलफल हुनेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्