‘इक्युवालिटी कप क्रिकेट’ प्रतियोगिता हुने

Ad
  • कालोपाटी सम्बाददाता

विराटनगर । महिला क्रिकेटको विकास र नयाँ प्रतिभा पहिचान गर्न ‘इक्युवालिटी कप क्रिकेट–२०७८ प्रतियोगिता यहाँ हुने भएको छ । नेपाल क्रिकट फाउण्डेशनले आज पत्रकार सम्मेलनको आयोजना गरी नारी दिवसका उपलक्ष्यमा यही फागुन २१ देखि २४ गतेसम्म विराटनगरको वैजनाथपुर क्रिकट खेल मैदान टि–२० का आधारमा खेल हुने जानकारी दिइयो ।

फाउण्डेशनका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले प्रतियोगितामा प्रदेश नं १ को मोरङ, झापा, सुनसरी र मधेस प्रदशको सप्तरी जिल्ला गरी चार वटा महिला समूहको सहभागिता हुने जानकारी दिए । मुलुकमा महिला क्रिकेट प्रतियोगिता ज्यादै न्यून सङ्ख्यामा हुने भएकाले त्यसलाई ध्यानमा राखी राष्ट्रियस्तरमा दक्ष खेलाडी उत्पादनमा सहयोग पु¥याउन खेलको आयोजना गरिएको हो । उक्त प्रतियोगिता लिगकम नक आउटका आधारमा खेलिनेछ ।

प्रतियोगितामा राष्ट्रियस्तरका महिला क्रिकेट खेलाडीको खेल्नुका साथै आगामी दिनमा यसमा थप जिल्लालाई सहभागिता गराइने आयोजकले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्