निर्माण व्यवसायी सङ्घ बागलुङको अध्यक्षमा गुरुङ

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ । निर्माण व्यवसायी सङ्घ बागलुङको अध्यक्षमा रामराज गुरुङ सर्वसम्मत चयन भएका छन् । शनिबार बागलुङ बजारमा भएको पाँचौँ अधिवेशनले उनका नेतृत्वमा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा भूपेन्द्र खड्का, उपाध्यक्षमा सन्दीप खड्का, अरुण शाक्य र मधुसुधन राजभण्डारी चयन भएको छन् । सदस्यहरूमा दीपककुमार अदै, दुर्गाबहादुर खत्री, सुजन लामिछाने, लोकेन्द्रबहादुर केसी, सङ्गम घर्तीमगर, दलबहादुर श्रीष राना, योगेन्द्र बहादुर भण्डारी, विमलेश आचार्य, राजीन खड्का, ध्रुव खड्का, मनोज खड्का र सनी केसी चयन भएका छन् । त्यस्तै आमन्त्रित सदस्यमा बुद्ध बोहरा, नरबहादुर केसी, कृष्णबहादुर केसी, सुरज खड्का र क्षेत्रबहादुर केसी चयन भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै पूर्वकेन्द्रीय सदस्य प्रकाश आचार्यले निर्माण व्यवसायीका समस्यामा सबै एक भएर लाग्नुपर्नेमा जोड दिए । आचार्यले समस्याको चाङका बीचमा राष्ट्र निर्माणका सहयोगी व्यवसायीलाई राज्यले हेर्ने नजर फरक रहेको बताए । उनले सबै व्यवसायीलाई एउटै डोकोमा राखेर मूल्याङ्कन गर्न नहुनेमा जोड दिए । कार्यक्रममा पाँचौं अधिवेशनका संयोजक कुमार खड्का, संस्थापक अध्यक्ष जयचन्द्रप्रसाद श्रेष्ठलगायतले बोलेका थिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्